Logo

१९ वर्षको केटालाई सुटकेसमा कैद गरेर सीमा पारी लैजादा…



संसारमा अद्भूत घटना भइरहन्छ । हरेक सेकेन्डमा विश्वभर घटना घटिरहेका हुन्छन् । अफ्रिकी मूलका एक युवकलाई २२ वर्षकी महिलाले तस्करी गरेर सुटकेसमा बन्द गरेर देश बाहिर लैजान लागेकी थिइन् । महिलाले ती युवकलाई सुटकेसमा लुकाएर स्पेन लैजादैथिइन् । जुन कुरा मोरक्कोको स्युताको सीमामा बसेका अधिकारीहरुले थाहा पाए ।

महिलालाई पक्राउ गरेपछि सुटकेस जाँच गर्दा १० वर्षको केटा देखे । सबैजना हेराहेर भए । बोर्डर कन्ट्रोल टिमको अनुसार महिलाको व्यवहारले आशंका लागेर चेक जाँच गरेको बताएका छन् । उनले ट्रलीमा सबैभन्दा माथि सुटकेस राखेकी थिइन् । एजेन्टले सोधपुछ गर्दा निकै आत्तिएकी थिइन् ।

स्युताको सीमा अफ्रीकासँग जोडिएको छ । यो बाटोबाट अफ्रीकी प्रवासी स्पेनमा आएर स्पेनमा बस्ने कोशिश गर्छन् । स्पेनको अनुसार सुटकेसमा भेटिएका युवकलाई उपचारको लागि अस्पताल पठाएको छ, उनलाई सुटकेसमा बन्द गर्दा सास लिनेमा धेरै गाह्रो भइरहेको थियो ।

मानव तस्करीको विषयमा धेरै घटना भएका छन् । पछिल्लो समयमा गिनीका एक महिला र पुरुषलाई पनि अधिकारीहरुले नै बचाएका थिए । ती दम्पत्तिलाई गाडीमा बन्धक बनाएर कसैले अन्य स्थानमा पठाएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्