Logo

निःसन्तान महिलाले गरिदिइन् धुमधामसँग कुकुरको विवाह



धेरै मानिसको विवाहपछि इच्छा सन्तान जन्माउने नै हुन्छ । तर कसैले विभिन्न कारणले बच्चा जन्माउन सक्दैनन् । त्यस्तै एक निःसन्तान महिलाले आफ्नो कुकुरको धुमधामले विवाह गरीदिएकी छिन् । महिलाले कुकुरलाइृ आफ्नै सन्तानलाई झै गरेर हुर्काएकी थिइन् । उनले आफ्नो प्यारो कुकुर हेलीकप्टरको विवाह आफ्नै कुकुर अंम्बिकासँग गरिदिएकी हुन् । कुकुरको विवाहमा ब्यान्ड बाजा र नाचगान भएको थियो ।

तहसिल मुख्यालय विजयपुर निवासी शारदा जोशी नामकी ती महिलाले केही वर्ष पहिले पतिसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । सम्बन्ध बिच्छेद गरेपछि दुई कुकुर पाल्न सुरु गरिन् । दुई कुकुरलाई छोरा छोरीको जस्तो सम्बन्ध कायम राख्दै आएकी थिइन् ।

पछिल्लो हप्ता शारदाले वरपरका युवकहरु भेला पारेर केह िमानिसहरुसँग पाँच हजार चन्दा जुटाएकी हुन् । शारदाले हेलिकप्टर र अम्बिकालाई नयाँ कपडा लगाइदिएर जन्तीसँगै बजारमा ब्यान्ड बाजा बजाउदै नाच्दै गाउँदै रमाउदै हिडेकी थिइन् । यस विशेष दिनमा भोज पनि खुवाइएको थियो ।

शारदाले केही कुकुरहरुको नाम फिल्मका अभिनेता र नेताहरुको नाम पनि राखिदिएकी थिइन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्