Logo

६४ वर्षकी महिलाले बच्चा जन्माइन्



चीनमा ६४ वर्षको उमेरमा एक महिला आमा बनेकी छिन् । यति धेरै उमेरमा पनि शिशुको जन्म दिएर देश कै धेरै उमेरमा आमा बन्ने महिला भएकी छिन् । सरकारी समाचार अनुसार जिलिन प्रान्तको एक अस्पतालमा महिलाले छोरोको जन्म दिएकी हुन् । बच्चाको तौल ३.७ किलो रहेको छ ।

महिला र नवजात शिशुको तस्वीर सामाजिक सञ्जालमा हालिएको छ । महिला र उनका पतिले बच्चाको बारेमा केही बताउन भने अस्विकार गरिरहेका छन् तर नजिककाले भने अनुसार उनीहरुले पहिलो बच्चा हराएका थिए ।

यसपछि दम्पत्तिले दोस्रो बच्चाको बारेमा सोचेका थिए । अस्पतालका डाक्टर टेगका अनुसार बच्चाको आमालाई एक दशक पहिले नै रजोनिवृत्ति भएको थियो । गर्भावस्थाको क्रममा उनले केही समस्या पनि सामना गरेकी थिइन् । तर अन्तिममा भने सबै राम्रो भएको थियो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्