Logo

आज २०७७ कार्तिक ८ गते शनिबारको राशिफल



काठमाडौं, ८ कार्तिक । आज श्री शाके १९४२ बि. स. २०७७ साल कार्तिक ८ गते शनिबार इश्वी सन २०२० अक्टोबर २४ तारीख शुद्ध आश्विन शुक्लपक्ष दुर्गा पक्ष अष्टमी तिथी उत्तराषाढा नक्षत्र पश्चात श्रवण नक्षत्र धृति योग वालव करण चन्द्रं मकर राशिमा आनन्दादि योगमा चर योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु शारदीय नवरात्र महाष्टमी कालरात्री गोरखकाली पूजा कुलछिभ्वय विश्व विकास सूचना दिवस संयुक्त राष्ट्रसंघ दिवस (ज्यो. प. सरोज घिमिरे)

मेष राशि ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आफन्तजनको साथ सहयोगमा कमी आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारिवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनीको योग रहेको छ ।सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ । साथै, सामान्य अपजस खेप्नु पर्ला ।

बृष राशि ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो० अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट र साहसको कमीले कार्यमा व्यवधान आउला । प्रतिपषी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि ९का, कि, कु, घ, ङ, छ, के, को, ह० खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजनबीचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । व्यापार तथा व्यवसायका निम्ति उत्तम समय रहेको छ । मानसिक चञ्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेको छ । दाजुभाई तथा मित्र जनहरुसँगको सम्बन्ध टाढिन सक्छ । परिवारका कोही सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० स्वास्थ्यको गडबडीका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरुसँगको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नुपर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अध्यन अध्यापनका निम्ति अधिक श्रम व्यतित गर्नुपर्ने समय रहेको छ । बौद्धिक ब्यत्तित्वहरुको साथ र सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदामूलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाईसँगको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपानको गडबडीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । परिवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जीवनसाथीको सहयोगमा गरिएका व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नजिकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थय क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ बिशेष ध्यान दिनुहोला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) भोज÷भतेर जन्य कार्यमा सहभागिताको योग बन्नेछ । पुराना मित्रजनसँगको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा वृद्धि गर्नका लागि तपाईले बढि परिश्रम गर्नुपर्न सक्छ । बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा वृद्धि गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्