Logo

योगी आदित्यनाथले धोए कन्याको पाउ



एजेन्सी, ९ कात्तिक । आज नवरात्री । विश्वभरका हिन्दुहरुले विधि विधानपूर्वक नवदुर्गाको पूजाआराधना गरी मनाइरहेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नवरात्रीमा कन्याको पूजा गरेका छन् । उनले कन्याहरुको पाउ धोएर पूजा गरेका हुन् ।

कन्याको पाउ धोएर पूजा गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले विधि विधानपूर्वक कन्याको पूजा गरेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्