Logo

विजयादशमी मनाइँदै (टीकाको साइत र लगाउने तरिकासहित)



काठमाडौं, १० कात्तिक । आज विजयादशमी मनाइँदैछ । दशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाएर मनाइँदैछ ।

रातो टीकालाई शुभ साइत र जमरालाई समृद्धिको प्रतिककमा रुपमा लिइन्छ । मान्यजनबाट टीका र जमरा लगाएर आशिर्वाद लिइन्छ ।
नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।

टीका लगाइदिने पूर्व फर्कने र लगाउने पश्चिम फर्कने शास्त्रीय मान्यता छ ।

यस वर्ष विजया दशमीको टिकाका लागि उत्तम शुभसाइत आज बिहान १० बजेर ११ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर दसैँको दिन आफैमा शुभ रहने भएकोले टिका जमरा ग्रहणका लागि साइत खोज्न नपर्ने प्राध्यापक डा। गौतमको भनाई छ ।

यो पावन पर्व हिन्दू धर्ममा मात्र सिमित नभएर एउटा सनातनी पर्व हो । यसलाई बौद्ध धर्मावलम्विहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छः हिन्दूहरू रातो टिका लगाएर नव दूर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनूयायीहरू सेतो टिका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।

घरको मूल टिका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजू अनि अन्य मान्यजनकोमा पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टिका अनि जमरा लगाएर सपरिवार हिंडेका दृष्यले पनि हामी नेपाली पारीवारिक सौहार्दता र सामिप्यतामा कति विश्वास राख्छौं भन्ने कुरालाई प्रस्ट पार्दछ ।

वैदिक सनातन धर्मानूयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजयादशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो ।

दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश . दस ंआनन . मुख) । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ ।



प्रतिक्रिया दिनुहोस्