Logo

दुर्गाको अर्थ



दुर्गा भवानी भनेको दूर्गती नास गर्ने भएकोले भनिएको हो । दूगती, दुश्कर्म, दूर्नामलगायत नकारात्मक सोच र विचारलाई अन्त्य गर्ने भएकाले दूर्गा भनिएको हो । यसमा महिशासुरकै कुरा गर्दा महिष भनेको राँगो हो । उन्मत राँगो कस्तो हुन्छ । एउता उन्मत्त राँगोले कतिलाई नास गर्छ ? त्यो राँगो जस्तो सोच र प्रवृत्तिलाई बली देउ, त्याग गर भनिएको छ ।

‘या देवी सर्वभूते सुशक्ति रुपेणा नमस्तस्यै नमस्तस्यै नमोनमः’ भनेर आमा, शक्ति, ज्ञान, बुद्धिको रुपमा आर्जन गर्ने गरी दूर्गालाई शक्तिको प्रतिक मानेर उपासन गर्दछौं । त्यसकारण नौ दिनसम्म उपासना गरेपछि मैले सम्पूर्ण नराम्रा चिजलाई बध गरेर सबैलाई जितेँ भनेपछि विजया दशमीको दिन विजयोत्सव स्वरुप टिका लगाउने चलन छ । यहाँ बलीको अर्थ त्याग हो । एउटा उन्मत्त राँगोजस्तो घण्डलाई त्याग गर्न राँगा, बोका, हाँसको बली दिने चलन छ । जसरी यसमा जसरी प्राणी हिंसा गरिन्छ त्यो त्यति सोभनीय छैन । अझ सकेसम्म यी नौ दिन मांस भोजन गर्नु पनि हुँदैन । रातो बस्त्र, रातो फूल ले रक्तकालीको उपासना गर्ने नौं दिनले शक्ति आर्जन हुन्छ ।-पण्डित दिनबन्धु पोखरेलसँग अन्तवार्तामा आधारित



प्रतिक्रिया दिनुहोस्