Logo

हरिबोल गजुरेलको टिप्पणी : ओली र प्रचण्डले पार्टी ठीक ढंगले चलाउन सकेनन्



काठमाडौं, १० कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सही ढंगले नयाँ पार्टी हाँक्न नसकेको आरोप लगाएका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, हाम्रो पार्टी नयाँ गठन त भयो, तर नयाँपन देखिएन । पार्टी पूरानै ढंगले चलाईयो । एउटा अध्यक्षले एमाले चलाएजस्तो र अर्को अध्यक्षले माओवादी चलाएजस्तो भयो ।’

उनले नेकपा नयाँ पार्टी भएपनि पूरानो तरिकाले चलाईएको स्विकारे । उनले भने,‘हाम्रो पार्टीमा नयाँपन छैन् । चलाउने तरिका एउटा अध्यक्षले पूर्व एमालेले चलाएजस्तो र अर्को अध्यक्षले पूर्व माओवादी चलाएजस्तो भयो । नेकपा चलाउने भएनन् । अहिले नेताहरुको आचरण र तौरतरिकामा नै समस्या देखिएको छ । अनि समस्या आयो ।’ उनले अध्यक्षद्धय ओली र दाहालबीच बहस भैरहेको र केही विवाद रहेको सनुाए । उनले भने,‘हामी अब छिट्टै एकता महाधिवेशनमा जाँदैछौं । दुई अध्यक्ष हुनु नै समस्या देखियो । जहाजमा दुई जना पाईलट हुनु त राम्रो हो । तर, पार्टीमा दुई अध्यक्ष हुनु चाहीँ समस्या भयो । जहाजको कुरा गर्दा दुई जना पाईलटले मिलेर जहाज चलाए त राम्रो हो । तर, झगडा गर्न थाले दुर्घटना हुन्छ ।’

उनले आफूले जनयुद्धमा गएको दिनदेखि टिका नलगाएको स्पष्ट पारे । उनले भने,‘मैले टिका लगाएको छैन् । यो त आ–आफ्नो रुचिको कुरा हो । यसको मतलव हिन्दू मान्यता अस्विकार गरेको होईन । यो दशैं भनेको हिन्दूहरुको पर्व हो । त्यो मनाउँछन् । त्यसमा मेरो आपत्ति छैन् । म चाहीँ टिका लगाउँदिन् । टिकाको धार्मिक महत्व छ । धर्म मान्नेहरुलाई यसको धेरै महत्व हुन्छ । तर, म धर्म मान्दिन् । कम्युनिष्टले धर्म मान्दैन । जनताको धर्मप्रतिको आस्थालाई हामीले सम्मान गर्छौं । नेपाल त धार्मिक स्वतन्त्रता भएको देश हो ।’

उनले भने,‘अरुले मान्लान । तर, म चाहीँ मान्दिन् । धर्म मानेको भए म कम्युनिष्ट नै हुन्नथें । धर्म मान्छु भन्ने कम्युष्टि हुँदैन् । कम्युनिष्टले आँफै त धर्म मान्दैनन् । ईश्वर मान्ने भएपछि त्यो मान्छे भौतिकवादी भएन । नेकपा कम्युनिष्ट पार्टीकै रुपमा अघि बढाउने कोशिस छ । विमतिहरुलाई सहमतिमा ल्याउने प्रयास छ । कम्युनिष्ट बनेदेखि मन्दिरमा गएर किन पूजा गर्छु ? विश्वास हुने जान्छन् । म धर्मविरोधी नेता होईन् । धार्मिक आस्थाप्रति सम्मान छ । तर, म चाहीँ मान्दिन् ।’

हिन्दूराष्ट बनाउनुपर्छ भनेर बहस भैरहेको छ नि भनेर पत्रकरा धमलाले सोधेको अर्को प्रश्नमा उनले भने,‘हामीले संविधानमा नै धर्मनिरपेक्षता लेखिसकेका छौं । धर्मनिरपेक्षता राखिनुको कारण राज्य कुनैपनि धर्मको पक्षमा छैन् । हिन्दूधर्म मान्छु भन्नेपनि पार्टी हुन्छ र ? पार्टीले आँफै धर्म मान्दैन ।’ उनले भारतीय गुप्चतर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटबारे अहिले पार्टीभित्र बहस भैरहेको सुनाए । तर, उक्त भेटवार्ताको परीणाम कस्तो आउँछ भन्ने कुरा मुख्य भएको पनि उनले बताए ।

उनले भने,‘अबको गतिविधि कस्तो हुन्छ ? भन्ने हो । अन्य विषयमा अन्तिम टिप्पणी गर्नुपर्ने हुन्छ । प्रक्रिया मिल्यो कि मिलेन ? भेट अनुचित छ भनेर प्रवक्ताले भन्नुभएको भन्दापनि उहाँले स्टाटस लेखेको हो । यो उहाँको व्यक्तिगत धारणा हो । पार्टीको आधिकारिक निर्णय नभएको कुरा कसरी उहाँको कुरा पार्टीको धारणा हुन्छ ?’
उनले आफूहरुले पनि नेकपा अहिले विधि र पद्धतीमा नचलेको भने आवाज उठाईरहेको सुनाए । उनले भने,‘हामीले यो विषयमा बहस गरिरहेका छौं । अहिले पार्टीमा अराजकता छ । विधि र पद्धती छैन् । दुई अध्यक्षले पनि जे मन लाग्यो, त्यही बोलेका छन् ।’

उनले रअ प्रमुखले प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटवार्ता ठीक छ या छैन् ? भनेर आफूले अहिले नबोल्ने जिकिर गरे । उनले भने,‘यो विषयमा म अहिले केही भन्दिन् । प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखसँग भेट्न मिल्छ कि मिल्दैन् ? भन्ने कुरा यो विषय बहसमा आएको छ । अब थाहा हुन्छ ।’ नेपाल–भारत सम्बन्ध राम्रो हुनुपर्नेमा उनले जोड दिए । उनले भने,‘दुवै राष्ट्रलाई फाईदा भएको छैन् । समानताको आधारमा सम्बन्ध हुन्छ । यो कुरा भारतले ख्याल गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्