Logo

भविष्यमा रोबोटले यसरी गर्नेछ खेती



खेती किसानी प्राचीन पेशा हो । विज्ञानले गरेको प्रगतिले खेती किसानीमा पनि धेरै परिर्वतन गरिदिएको छ । अटोमेटिक र सेमी अटोमेटिक मेशिनले पुराना गोरु गाढाको काम विस्थापित गरिदिएको छ ।

विकसित केही देशहरुका किसानहरुले रोबोट र ड्रोनको प्रयोग गरेर आधुनिक तरिकाले खेती गर्दै आएका छन् । फोब्सका अनुसार ब्रिटेनका करीब ६० प्रतिशत किसानले सेन्सर वा सेटेलाइट जस्ता अति उन्नत प्रविधिको प्रयोग गरिरहेका छन् ।

यसबाट पनि भविष्यको खेतीको झलक देख्न सकिन्छ । आउनुहोस् भविष्यमा गरिने खेतीको तरीकाहरु बारे चर्चा गरौ ।

  • ड्रोनको प्रयोगले खेतीमा औषधि हाल्ने
  • ढोका भित्र खेती
  • रोबोटबाट औषधि छर्ने–रोबोट ववा ड्रोनबाट ठुला ठुला फार्म हाउसमा उर्वर र आधुनिक तरीकाले औषधि छर्ने गरेका छन्, जुन स्मार्ट फोनबाट नियन्त्रित हुन्छ ।
  • सेन्सरको मद्दतले कुनै पनि बोटबिरुवामा कहिले, कति पानीको आवश्यकता किसानले घरमा बसेर जानकारी लिन सक्छ ।
  • ड्राइवलेस ट्रयाक्टरको सहयोगले फार्म हाउसमा बहु काम गर्न सकिन्छ । जसलाई स्मार्टफोन वा ल्यापटपले टाढाबाट पनि नियन्त्रण गर्न सक्छन् ।
  • वर्टिकल फार्मिङ– २०५० सम्म ८० प्रतिशत जग्गा मानिसका घना वस्तीले भरिनेछन र खेती गर्ने जग्गा अपर्याप्त हुनेहँदा घरको छतमा मात्र खेती गर्ने ठाउँ विकल्पको रुपमा हुनेछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्