Logo

सरकारविरूद्ध काठमाडौंमा नेविसंघको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १६ कार्तिक । सरकारको विरोधमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै झूटा मुद्दा लगाएको र कोरोना पीडितप्रति सरकार उदासिन देखिएको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो।

नेविसंघले ‘अधिनायकवादको सरदार केपी ओलीको सरकार, जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन भ्रष्ट सरकार चाहिँदैन’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्