Logo

लाइव शो मा होस्टले महिलाको स्तनमा चुम्बन गरेपछि…



फ्रान्समा एक लाइव टिवी शो मा होस्टले महिलामाथि लाजमर्दो हर्कत गरेका छन् । यो पुरै घटनाको भिडियो इन्टरनेटमा भाइरल भएको छ । फ्रेन्च टीवी शो मा होस्ट जीन माइकलले महिला सोरोया केले नमान्दा–नमान्दा पनि उनको स्तनमा जबरजस्त चुम्बन गरेका हुन् ।

भिडियोमा जीनले सोरोया के को गालामा चुम्बन गर्न चाहान्थे तर सोरोयाले रोकेको देखिन्छ । जीनले गालामा चुम्बन गर्न नपाएपछि उनले स्तनमा चुम्बन गरेका थिए ।

यस घटना बाहिरीएपछि धेरै महिलाहरु आक्रोसित भएका छन् र होस्टविरुद्ध धेरैले मुद्दा दर्ता गराएका छन् । सरकार र सम्बन्धित निकायले पनि उनीमाथि अनुसन्धान गरीरहेको छ । घटना भएको कार्यक्रममा होस्ट जीनले लगातार ३५ घन्टा टिवीमा बसेर रेकर्ड कायम गर्न चाहेका थिए । यस कार्यक्रममा सहभागी हुन सोराया नामक महिला पुगेकी थिइन् । उनले किम करदाशियांको रोलमा अभिनय गर्थिन् ।

फ्रान्सको कानुन अनुसार हिंसा, दुस्कर्म, धम्की वा अचानक हुने कुनै पनि शारीरिक सम्बन्ध बनाउने हरकतलाई ‘यौन हमला’ मानिन्छ । यसको लागि ५ वर्षको सजाय र ७५ हजार युरो धरौटी राख्नुपर्छ ।-एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्