Logo

पत्रिका बेच्ने र जुत्ता सिलाउनेले लेखे ५ किताब



पाकिस्तानको फैसलावादमा एक सानो भन्दा सानो कस्बे रोडमा बस्ने शकीलले जीवन यापन गर्न सडकमा दिनभर जुत्ता सिलाउने काम गर्थे । तर लेख्ने शोकको कारण ती व्यक्तिले ५ यस्ता किताब लेखेका छन्, जुन मानिसहरुको लागि प्रेरणा बनेको छ ।

मनमा केही गर्ने लगन र हौसला भएमा सफलता पनि दिलाउन बाध्य हुन्छ भन्ने उदाहरण उनले दिएका छन् । मुनव्वर शकील नामका यी व्यक्तिमा भएको क्षमता र साहसको विश्वभर चर्चा भएको छ । पाकिस्तानको फैसलावादको एक रोडमा बसेर दैनिक गुजारा चलाएका एक साना व्यापारीले पहिला पत्रिका बेच्ने काम गर्थे । उनले बिहान बेलुका पत्रिका पु¥याएदिने र दिउसोमा सडकको किनारामा जुत्ता सिलाउने काम गर्थे । उनले ५ वटा किताब लेखेर सबैलाई आश्चर्यमा पारीदिएका छन् ।

उनले लेखेका पाँचै किताबबाट उनी पुरस्कृत पनि भइसकेका छन् । तर आश्चर्यको कुरा त पाँच किताब लेख्ने शकील एकदिन पनि स्कुल गएका छैनन् । पढ्ने लेख्ने इच्छा भएकाले मुनव्वरले १३ वर्षको उमेरमा कविता लेख्न थाले र कविता प्रकाशन गर्नको लागि उनले दैनिक १० रुपैयाँ जम्मा गर्न सुरु गरेका थिए ।

यसरी पैसा जम्मा गरेर उनले २००४ मा पहिलो किताब प्रकाशित गरे । पन्जाबी भाषामा लेखिएको उनको पहिलो किताब दुख र संघर्षले भरिएको थियो । उनले किताब मार्फत समाजबाट अलग जीवन बिताउनेहरुको दुःख र संघर्ष दर्शाएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्