Logo

अब युवतीलाई यस्ता पुरुष मन पर्न थाले



केही कहानी र कवितामा रेशमी कपाल, गाजलु आँखा र गुलाबी ओठ महिलाहरुको सुन्दरताको प्रतिक मानिन्थे । अब युग बदलिएको छ । मानिसहरुको सुन्दरता सम्बन्धि बुझाईमा पनि परिर्वतन आएको छ ।

अर्को तर्फ पुरुषको लागि रफ–टफ लुक र बलिष्ठ हुनु नै पहिचान रहि आएको थियो । अहिलेसम्म हामीले परिपुर्ण मानिसको छविमा यही खुबी हेर्ने प्रचलन भएपनि एक अध्ययनले अब महिलाहरुको धारणा बदलिएको पत्ता लागेको छ ।

हालसम्म वास्तवमा पुरुषको भरिपुर्ण लुक केही र खुबी धेरै हुनुलाई राम्रो मान्यता दिदै आएका छौ । एक ब्रिटिशको अध्ययन अनुसार एक परिपक्क पुरुषको छवि विस्तारै विस्तारै बदलिदै गएको बताएको छ । अध्ययन अनुसार हाल महिलाहरुको रोजाईमा त्यस्ता पुरुष पर्न थालेका छन्, जुन पुरुषले स्त्रीप्रति राम्रो नजर राख्छन् ।

अध्ययनले स्त्रीजातिको सम्मान गर्ने पुरुषहरु प्रेम प्रसँगको विषयमा धेरै भाग्यशाली साबित भएको पत्ता लागेको छ । शोधमा कम्प्युटरमा आधारित अनुहार सहभागी गराएर केही महिलालाई उनीहरुको इच्छा बारेमा सोधपुछ गरिएको थियो ।

यसको नतिजाले पहिला गरिएका अनुसन्धानका रिपोर्ट भन्दा फरक आएकोले सबै आश्चर्यमा परेका थिए । यस नतिजाले महिलाहरुको इच्छामा केही फरकपन आएको देखिएको छ । आजका बुझ्ने महिलाहरुले पुरुषमा स्त्री प्रतिको सम्मान गर्ने लुक खोजेका हुन्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्