काठमाडौं, २१ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सचिवालय बैठकमा गृहमन्त्री रामबहादुर थापा सहभागी नहुने भएका छन् । आज अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा दाहालले सचिवालय सदस्यहरुलाई बोलाएका छन् । उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर कोही पनि सदस्य सहभागी नहुने स्पष्ट भैसेकेको छ । त्यस्तै, अर्का सचिवालय सदस्य बादल पनि आजको बैकठमा सहभागी नहुने भएका छन् । बादलका सुरक्षा विज्ञ सल्लाहकार ईन्द्रजित राईले दाहालले बोलाएको सचिवालय बैठकमा बादल सहभागी नहुने रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
दाहालले बोलाएको सचिवालय बैठकमा ओली पक्ष नजाने, सूर्य थापाले भने-‘यो बैठक होईन, भेला हो’
प्रचण्डले बोलाए सचिवालय बैठक, ओलीले के गर्लान् ?
टोपबहादुर रायमाझी पुगे खुमलटार, प्रचण्डलाई साथ दिने विश्वास
कस्ले ल्याउला प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव ?
बालुवाटारमा ओलीसँग दाहाल पड्किए-…अब वार्ताकै लागि म यहाँ आउँदिन्
माधव नेपाललाई ओलीको यस्तो प्रस्ताव, प्रचण्डसँगको सम्बन्ध तोड्ने तयारी !




प्रतिक्रिया