Logo

साचो माया पत्ता लगाइदिने यो ब्रा



जापानको एक भित्रि वस्त्र बनाउने एक कम्पनीले यस्तो आविष्कार गरेको छ, जसबाट साचो माया प्रिती छुट्टाउन सकिन्छ । एक कम्पनीले यस्तो ब्राबाट साचो माया पत्ता लगाउन सकिन्छ । यो ब्रा उसको हातबाट मात्र खुल्छ, जसले साचो माया गर्छ ।

‘ट्रु माया टेस्टर ब्रा’ नामको यस ब्रामा सेन्सर फिट गरिएको छ, जुन ब्लुटुथको माध्यमबाट स्मार्टफोनमा कनेक्ट गरिन्छ । यो सेन्सरले महिलाको मुटुको गति पत्ता लगाउछ र मोबोइल एपलाई सन्देश पठाउँछ । यदि महिला कुनै व्यक्तिसँग खुशी वा उत्साहित भएमा यो ब्रा अटोमेटिक खुल्छ ।

कम्पनीको अनुसार, जब महिला मायामा उत्साहित हुन्छिन, उनको उत्तेजना अन्य उत्तेजना भन्दा फरक हुन्छ । कम्पनीले बकाइदा एक भिडियो जारी गर्दै यस कुराको ट्रायल गरेको छ, ब्रा ले कुन तरिकाले काम गर्छ भनेर स्पष्ट देखाइएको छ । महिलाले आफ्नो साचो माया भेटेमा उनको मुटुको धड्कन फरक हुन्छ । उक्त ब्रा ले मुटुको धड्कन अनुसार पहिचान गर्छ ।

मुटुको डिभाइसको सम्बन्ध सिधै मोवाइलसँग गरिएको छ, जहाँ धड्कन देख्न सकिन्छ । अन्य कुनै पनि प्रकारले मुटु धड्किदा यो ब्रा खुल्दैन । ब्रा सर्पिङ गर्ने समयमा वा मन पर्ने खानाको क्रममा उत्साहित हुँदा नखुल्ने कम्पनीको दाबी छ । कसैले पनि यो जबरजस्ती खोल्न सक्दैन । एजेन्सी



प्रतिक्रिया दिनुहोस्