Logo

नेत्रहिन माता–पिताले गर्भमा हुर्कदै गरेको बच्चा हेर्न पाउने



जुन आमा बुवालाई हेर्नमा समस्या छ वा नेत्रहीन भएको कारण आफ्नो बालबच्चा कहिल्यै पनि देख्न पाएका हुँदैनन्, अब गर्भमा हुर्कदै गरेका आफ्नो बच्चाहरु हेर्न पाउने भएका छन् । नयाँ प्रविधि ३ डि माडल्सको सहायताले गर्भमा भएको भ्रुण हेर्न सक्नेछन् ।

विज्ञानको एक नयाँ तरिकाबाट गर्भमा हुर्किदै गएको भ्रुण ३ डि मोडल्सले तस्वीर लिनेछ । यसबाट जुन आमा बुवालाई आँखामा समस्या छ वा आफ्नो बच्चाहरु जीवनभर हेर्न नसक्ने छन् उनीहरुलाई मद्दत मिल्नेछ । यस प्रविधीबाट नेत्रहीन व्यक्तिले आफ्नो गर्भमा भएको बच्चालाई देखेको अनुभव गर्न सक्नेछन् ।

यस प्रविधिबाट बच्चाको तस्वीर अल्ट्रासाउन्ड स्केनिङमा गर्भवस्थामा भएको बच्चा स्क्रिनमा देखिन्छन् । पोल्यान्डको एक फर्म यस प्रविधिको प्रयोग हुँदै आएको छ । हुर्कदै गरेको बच्चाको आकार र सक्कली लम्बाइृ चौडाईलाई पनि तस्वीरमा कैद गर्न सकिन्छ । यो प्रविधिले तस्वीर नन–टाक्सिक बायोप्लास्टिकमा प्रिन्ट गर्छ । यो प्रोजेक्ट चाडैनै विश्वका विभिन्न देशहरुमा पनि सुरु गर्ने श्रोतले जनाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्