Logo

प्रेमीको बदला लिने ध्याउन्नामा यी युवतीले कारमा आगो लगाइदिइन्



जति मायामा पागल भएपनि युवतीहरु बदला लिन पनि त्यतिकै माहिर हुन्छन् भन्ने प्रमाण एक युवतीले दिएकी छिन् । फ्लोरिडामा बस्ने १९ वर्षकी कार्मेन चैम्बलीले पूर्व प्रेमीसँग बदला लिएकी छिन् । त्यो पनि कारमा आगो लगाइदिएर ।

फ्लोरिडास्थित क्लीयरवाटरबाट प्रहरीले उनलाई तत्काल गिरफ्तार गरको छ । प्रहरीले पक्राउ गरेपछि चैम्बलीले प्रहरी समक्ष आफु झुक्किएको बताएकी छिन् ।

उनले आफ्नो पुर्व प्रेमीको कार जस्तो सम्झेर आगो लगाइदिएकी थिइन् । चैम्बलीमाथि प्रहरीले कारमा आगो लगाइदिएको आरोप लगाएको छ । चैम्बलीले प्रेमीले आफुलाई धोका दिएपछि बदला लिने सोच राखकी थिइन् र त्यसको लागि प्रेमीको मन पर्ने कारमा आगो लगाउने योजना बनाइन् । उनले योजना अनुसार समयमा पुगेर आगो लगाइदिइन् तर जुन कारमा आगो लगाइन् त्यो कार उनको पुर्व प्रेमीको थिएन् । यो कुरा थाहा पाउँदा उनको एकपटक त होश नै उडेको उनले जानकारी दिएकी छिन् ।

उनको पुर्व प्रेमीको सेतो होन्डा कार थियो । होन्डा कारलाई आगो लगाईदिन पुगिन र आगो पनि लगाइन् । त्यो सबै सीसीटीवी फुटेजमा देखिएको थियो । कारको मालिकले पछि मात्र जानकारी पाएका थिए ।

कारका मालिकलाई ती युवती को हुन् र किन कारमा आगो लगाइन् केही पत्तो थिएन् । अन्यौलमा परेपछि प्रहरी कार्यालयमा पुगे र उजुरी दिए । उनले उजुरी दिएपछि प्रहरीले युवतीलाई पक्राउ गरेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्