Logo

धुम्बाराहीमा नेकपाका ५ जना सचिवालय सदस्यहरुको बैठक सुरु



काठमाडौं, २५ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ जना सचिवालय सदस्यहरु सम्मिलित बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी छन् । बैठक सुरु हुनुअघि अध्यक्ष दाहाल अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । नेकपाभित्र विवाद चर्किरहेको बेलामा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाएका हुन् । यसअघि सचिवालयका ५ जना सदस्यहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै बैठक बोलाउन लिखित रुपमा आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्