ललितपुर, ९ मंसिर । प्रत्येक वर्ष हरिबोधनी एकादशीमा विशंखुनारायण मन्दिरमा मेला लाग्ने गरेकोमा यस वर्ष रोक लगाइएको छ । आज गोदावरी नगरपालिकाले एक सूचना जारी गरी कोरोना भाइरसको जोखिमबाट बच्नका लागि भन्दै मेला रोक लगाइएको जानकारी दिएको हो ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘जोखिमबाट बच्नका लागि हरिबोधनी एकादशीका अवसरमा लाग्ने हरिबोधनी मेला यसपटक रोक गरी सहयोग गरिदिनहुन अनुरोध गरिन्छ ।’
ललितपुरको दक्षिणी भेगमा रहेको विशंखुनारायण गोदावरी नगरपालिकामा पर्छ । उक्त क्षेत्र ऐतिहासिक तथा धार्मिक महत्वको हो ।





प्रतिक्रिया