Logo

सभामुख सापकोटाले संवैधानिक दायित्व र कार्यविपरित कार्य गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको आरोप



काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गरेका छन् । संवैधानिक परिषदको दुईवटा बैठकमा सापकोटा सहभागी नभएको भन्दै थापाले कडा आलोचना गरेका हुन् ।

थापाले ट्वटी गर्दै सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरित बैठक बहिष्कार गरेको टिप्पणी गरेका छन् । उनले सापकोटाको कार्यशैलीमाथि समेत गम्भीर प्रश्न तेर्साएका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्ः सभामुख अग्निप्रसाद सापकोटाले संबैधानिक दायित्व र कर्तव्यविपरित बहिष्कार गर्नुभएका मंसिर २८ र ३० गते संविधानत: आयाेजित संबैधानिक परिषदका दुई बैठक । जबकि सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष कार्यसम्पादन हुनुपर्ने सम्बैधानिक परिकल्पना र व्यवस्था रहेकाे छ।



प्रतिक्रिया दिनुहोस्