Logo

जीन्युजका सुधीर चौधरीलाई बालुवाटारमा अन्तवार्ता दिएकोमा भीम रावलको आपत्ती



काठमाडौं, २९ पौष । नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जीन्युजका सुधीर चौधरीलाई बालुवाटारमा अन्तवार्ता दिएकोमा आपत्ती जनाएका छन् । उनले ओलीले निन्दनीय अभिव्यक्तिहरु समेत दिएको भन्दै राष्ट्रहित विरोधी समेत भनेका छन् ।

आज ट्वीट गर्दै रावलले ‘सगरमाथा भारतले दावी गर्नुपर्छ’ भन्ने जस्तो अभिव्यक्ति दिने स्थिति सृजना गरेको टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्, ‘सगरमाथामा भारतले दावी गर्नुपर्छ भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सृजना गर्नु प्रम केपीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण हो ।’

भीम रावलको ट्वीट

नेपालविरोधी अभियान चलाउने भारतीय जीन्युजका सुधीर चौधरीलाई वालुवाटारमा अन्तरवार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी निजले सगरमाथामा ‘भारतले दावी गर्नुपर्छ’ भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रमं केपीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण हो।



प्रतिक्रिया दिनुहोस्