Logo

कांग्रेस सरकारमा जादैन : महामन्त्री कोइराला



चितवन, २ माघ: नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले भने, “निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।” यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो ।

उनले भने, “अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन ।” कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उनले अहिले कांग्रेस सरकारमा नजाने बताए । उनले भने , “सरकारले तीन वर्ष छ महिनासम्म केही गर्न सकेन । त्यसको अवजस लिन कांग्रेस सरकारमा जाँदैन ।”रासस/File Photo



प्रतिक्रिया दिनुहोस्