Logo

काँग्रेसद्वारा ७५३ स्थानीय तहमा विरोध प्रदर्शन



काठमाडौं, ३ माघ । नेपाली काँग्रेसले देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गरिरहेको छ । आज विहान देखि अपरान्हसम्म देशभर विरोध प्रदर्शन भइरहेका छन् ।

प्रतिनिधि सभा बिघटनलाई असंवैधानिक भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्दै आएको छ । प्रदर्शनसँगै विरोध सभामा केन्द्रीय नेताहरु समेत सहभागी भइरहेका छन् ‘।

सभापति शेरबहादुर देउवाले काठमाडौंका विभिन्न स्थानीय निकायमा सम्बोधन गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल चितवनको शारदानगर पुगेका छन् । महामन्त्री डा. सशांक कोइराला नवलपुरको देउचुली पुगेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिहले काठमाडौं महानगरपालिकामा हुने विरोध सभापछि बसन्तपुरको सभालाई सम्बोधन गर्दैछन् । डा. शेखर कोइराला मोरङ पुगेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य एनसपी साउदले ललितपुरको महालक्ष्मी नगरपालिका अन्र्तगत लुभुको सभालाई सम्बोधन गरेका छन् । विश्वप्रकाश शर्मा भक्तपुरको सभालाई सम्बोधन गर्न पुगेका छन् ।

अर्जुननरसिंह केसी र डा. रामशरण महत नुवाकोट पुगेका छन् । धनराज गुरुङ चितवनको खैरेहनी पुगेका छन् । गुरुराज घिमिरे र नैनसिंह महर काभ्रे पुगेका छन् ।
डा. मिनेन्द्र रिजाल बाँके र प्रदीप पौडेल विराटनगर पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्