Logo

नेपालको जनसंख्याभन्दा बढीलाई भारतले पहिलो चरणमै खोप लगाइदिन शुरु



एजेन्सी, ३ माघ । भारतले पहिलो चरणमै तीन करोड व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाइदिने भएको छ । खोप निःशुल्क हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । भारतले पहिलो चरणमा खोप लगाइदिन लागेको संख्या नेपालको जनसंख्याभन्दा बढी हो ।

भारतले पहिलो चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाई कर्मचारी, प्रहरी, सैनिक, नगरपालिकाका कर्मचारीका अलावा अग्रपंक्तिमा कोरोनाविरुद्ध काम गर्नेहरुलाई खोप लगाइदिने भएको छ ।

खोप लगाउनका लागि केन्द्रहरु तोकिएका छन् । त्यहाँ धमाधम खोप लगाउने क्रम चलेको छ । विश्वभर भारतमा खोप लगाउने कार्यप्रति चासो देखिएको छ ।

भारतले अक्सफोर्ड विश्वविद्यालयले विकास गरी सेरम इन्स्टिच्युट पुणेले उत्पादन गरेको कोभिशिल्ड र स्थानीय भारत बोयोटेकले विकास गरेको कोभ्याक्सिनलाई अनुमति प्रदान गरेको छ । दुवै भ्याक्सिन प्रयोगमा ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्