Logo

नक्शाको विषय सुल्झिएपछि मात्र भारतले सीमाबारे कुरा गर्ने



काठमाडौं, ५ माघ । भारतले नेपालसँग सीमाबारे कुरा गर्नका लागि समेत शर्त राखेको खुलेको छ । नक्शाको विषय सुल्झिएपछि मात्र उसले नेपालसँग सीमाबारे कुरा गर्ने भएको हो ।

टाइम्स अफ इन्डियाका अनुसार भारतीय पक्षले सीमा विवादबारे कुरा अगाडि बढाउन चाहेन । बरु नक्शाको मामला सुल्झिएपछि मात्र सीमाबारे कुरा गर्ने संकेत गरेको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा भारतले सीमाबारे कुरा गर्न नक्शाको विषय सुल्झिनुपर्ने सन्देश दिएको टाइम्स अफ इन्डियाले लेखेको छ ।
नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग नयाँ नक्शामा राखेपछि भारत त्यसप्रति असन्तुष्ट छ । परराष्ट्रमन्त्री ज्ञवालीले १३ माघसम्म गरेको भारत भ्रमणका दौरान सीमाको समस्या सुल्झाउने विषय अगाडि सारेका थिए । तर, भारतले सीमाबारे कुरा गर्न चाहेन ।

ज्ञवालीले सीमा समस्या समाधान गर्ने विषयलाई भ्रमणका दौरान दुईपटक उठाएका थिए । उनले सार्वजनिक रुपमा र पत्रकारहरुसँगको ब्रेकफाष्टसहितको भेटमा यो विषय उठाएका थिए । तर, भारतीय पक्ष सीमा समस्याबारे कुरा गर्न अनिच्छुक देखियो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्