Logo

सर्वोच्च अदालत कुनै सेटिङको भरमा चल्ने संस्था होईन : अधिवक्ता भट्टराई



काठमाडौं, ५ माघ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले नेपाली जनताले आँफैले लेखेको संविधानको उद्घोषण गर्ने विश्वास दिलाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता भट्टराईले यस्तो बताएका हुन् । उनले भने,‘सर्वोच्च अदालत संविधानभन्दा बाहिर गएर चल्न सक्दैन् । चल्न मिल्दैन् ।’

प्रधानमन्त्रीले वैकल्पिक सरकारको आधार थिएन भनेर बलपूर्वक भनेको पनि उनले टिप्पणी गरे । उनले भने,‘मुलुकलाई प्रतिगमनतर्फ लगिएको छ । अदालतले यसलाई परास्त गर्छ ।’ उनले राष्ट्रपतिले प्रधानमन्त्री ओलीले बलपूर्वक विघटनको लागि सिफारिश गरिएको कुरालाई स्वीकार गरेको भन्दै आलोचना गरे । उनले भने,‘अल्पमतको सरकार बन्ने वा नबन्ने भन्ने कुरा सर्वोच्च अदालतमा परीक्षण हुने होईन । यो त प्रतिनिधिसभामा परीक्षण हुने हो ।’ उनले अदालत सेटिङको भरमा नचल्ने भन्दै अदालतको हुर्मत नलिन चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्