Logo

अनेरास्ववियू धादिङद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन तथा राँके जुलुश प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ६ माघ । अनेरास्ववियू धादिङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रतिगामीको संज्ञा दिँदै ओली सरकारबिरुद्ध पुत्ला दहन तथा राँके जुलुस प्रदर्शन गरेको छ । विरोधमा र्याली कार्यक्रममा अनेरास्ववियु धादिङका नेताहरु गणेश श्रेष्ठ, उपेन्द्र जमकट्टेल, संजीव रेग्मी, राजन लम्साल’ज्वाला’, सुनिल श्रेष्ठ, उमेश घले, दीपक पाण्डे, हरी श्रेष्ठ, बिजेस शाक्य,सरोज श्रेष्ठ र श्रीकृष्ण रिजाललगायत थुप्रै विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो ।

उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नारा तथा जुलुशसमेत लगाएका थिए । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछि उक्त कदमको चौतर्फी विरोध भैरहेको छ । तस्विर : राजन लम्सालको फेशबुक



प्रतिक्रिया दिनुहोस्