Logo

भारतमा कोरोना खोप लगाउने वार्ड वोयको मृत्यु



एजेन्सी, ६ माघ । उतरको प्रदेश राज्यको मोरादाबाद जिल्लास्थित रहेको अस्पतालमा कार्यरत एक ४६ वर्षिय वार्ड वोयको मृत्यु भएको छ । कोभिसिल्ड भ्याक्सिन प्रयोग गरेपछि उनको मृत्यु भएको हो ।

खोप लगाएपछि श्वासप्रश्वासमा कमि आएको र छाती असहज भएको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । एक दिन पछि उनको मृत्यु भएको जनाइएको छ ।

शनिबार करिब १२ बजे उनले खोप लगाएका थिए । आइतबार उनलाई समस्या भएको कारण अस्पताल भर्ना गरिएको थियो । खोप लगाएपछि उनले रातको सिफ्टमा काम समेत गरेका थिए । उनको मृत्यु खोपको कारण नभएको त्यहाँका चिकित्सकहरुले जनाएका छन् । मृत्युको विषयमा जाँच भइरहेको जनाइएको छ । उनी कहिलेपनि कोरोना संक्रमित नभएको उनको परिवारले जनाएका छन् । मोरादाबाद जिल्लामा ४७९ जना अग्रपङतिमा खटिएका व्यक्तिहरुले खोप लगाएका थिए ।-photo: Agency



प्रतिक्रिया दिनुहोस्