Logo

भारतले बंगलादेशलाई कोरोनाविरुद्वको भ्याक्सिन पठाउने, पाकिस्तान विकल्पको खोजीमा



एजेन्जी, ६ माघ । भारतले कोरोना भाइरसविरुद्धको लडाईमा आफ्नो छिमेकी मुलुुकलाई सहायता गर्ने भएको छ । भारतले बंगलादेशलाई २० लाख कोरोना भ्याक्सिन पठाउने योजना बनाइरहेको छ । मंगलबार बंगलादेशले उक्त विषयमा जानकारी गराएको हो ।

भारतमा समेत उत्पादन भइरहेको एस्टे«जेनेकाको २० लाख खोप बुधबार विशेष विमानबाट ढाका आइपुग्ने जनाइएको छ । तर, पाकिस्तान भने खोपको विकल्पको खोजीमा रहेको छ ।

पाकिस्तानले समेत कोरोना विरुद्वको आपत्तकालिन प्रयोगका लागि एस्टे«जेनेकालाई स्वीकृती दिइसकेको छ । द्विपक्षीय सम्झौताको अन्तरगत एस्ट्रेजेनेका र भारतवायोटेकद्धारा निर्माण गरिएको भ्याक्सिन भारतसंग लिने आपेक्षा गरेको जनाइएको छ । भारतद्धारा निर्माण गरेको खोपलाई पाकिस्तानले अन्य राष्ट्रबाट लिँदा उसलाई महँगो पर्ने जनाइएको छ ।

भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसमा भारतीय स्रोतको भनाइलाई उदृत गर्दै लेखेको छ,‘भारतीय कम्पनी केही साता अगाडि पाकिस्तान सरकारसँंग खोपको विषयमा कुरा गर्न पाकिस्तान गएको थियो ।’ भारत र पाकिस्तानबीचको विवादले उनीहरुको द्विपक्षिय सम्बन्धमा समेत असर परेको छ । तर, मानव जीवनको रक्षा गर्ने खोप आपूर्ति गर्न छुट रहेको जनाइएको छ ।

पाकिस्तानले भने खोपको विषयमा भारतीय सरकारसंग छलफल नगरेको र खोपले दूवै देशबीचको कर्वाहटलाई कम गर्ने जनाइएको छ । यस विषयमा विस्तृत छलफल हुन बाँकी रहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्