Logo

कर्नाटकमा डायनामाइट विस्फोट हुँदा ८ मजदुरको मृत्यु



एजेन्सी, ९ माघ । भारतको कर्नाटक राज्यको शिवमोगामा बिहीबार दिउँसो करिब १० बजे डायनामाइट विस्फोट भएको छ। उक्त ८ जना मजदुर मारिएका छन् । शिवमोगा जिल्लाको अब्बालगेरे गाउँ नजिक उक्त विस्फोट भएको थियो। विस्फोट तीव्र गतिमा भएको कारण शिवमोगाको नजिकैको जिल्ला चिक्मागलुरसम्म छरिएको थियो भने वरपरका क्षेत्रहरुमा भूकम्पको महसुस भएको थिए ।

विस्फोटले वरपरका घरहरूका शीशा समेत फुटेका थिए। बिस्फोट हुना साथ् मानिसहरूलाई भूकम्प आएको जस्तो लागेर त्रासले घर बाहिर निस्किएका थिए। शिवमोगाका डिप्टी कमिश्नर केबी शिवकुमारका अनुसार विष्फोट भएको सबै क्षेत्रलाई घेराबन्दी गरिएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्