Logo

प्रधानमन्त्री ओलीलाई चुनौती दिदै रेनु दाहालद्वारा धमाधम शिलान्यास



काठमाडौं, १९ माघ । भरतपुरमा गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिटीहल र ६ लेनको सडक योजना शिलान्यास गरेको कार्यक्रम रेनु दाहालले बहिष्कार गरिन् । भरतपुर महानगरपालिकाकी मेयर दाहालले ढुंगा पूजा गर्दैमा सिटीहल र सडकको निर्माण नहुने बताएकी छिन् ।

ओलीले मेयर दाहाल शिलान्यासमा अनुपस्थित भएपछि पिकनिक हिंडेको भन्दै व्यङ्ग्य गरेका थिए । तर, दाहाल भने त्यसयता निरन्तर शिलान्यासमा सक्रिय हुन थालेकी छिन् । शनिबार नै उनी अमर माध्यमिक विद्यालयको ६६ औं वाषिेकोत्वसमा सहभागी भई ४ कोठे भवन शिलान्यास गर्न पुगिन् ।

शुक्रबार विद्यालयको भवन शिलान्यास गरेकी रेनुले शनिबार बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण गरिन् ।

आज पनि रेनु शिलान्यासमा पुगिन् । उनले नवजागृति फन पार्कको शिलान्यास गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्