प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाए


काठमाडौँ, २० माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार ११ बजेका लागि बैठक बोलाएको जनाइएको छ ।

यसअघि संवैधानिक परिषद्ले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका थिए ।

प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको उपस्थितिमा बसेको बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसहित संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो ।सिफारिस फिर्ताप्रति राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ती जनाएका थिए ।