Logo

संसद भंग भइसक्यो, चुनावमा गएर जित्ने ठाउँ छः प्रधानमन्त्री ओली



काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जीत र हारको ठुलो अर्थ हुने बताएका छन् । उनले संसद भंग भएर चुनावमा देश गइसके पनि इगो राख्नेहरु फिर्ता गराउन लागेको टिप्पणी गरेका छन् ।

‘जीत र हारको इगो हुन्छ,’ खेलकुदसँग प्रधानमन्त्री विषयक कार्यक्रममा बोल्दै उनले भने,‘ संसद भंग भइसक्यो चुनावमा गएर जित्ने ठाउँ छ नि । फिर्ता गराउन पाए भन्ने छ ।’ देशलाई हानी होस् भन्ने समेत बिर्सेर केही व्यक्ति जित्न खोजिरहेको बताएका छन् ।

ओलीले इतिहासमा जीत र हारको ठुलो अर्थ हुने बताए । नेपाल कहिल्यै कसैसँग नहारेको बताए । उनले भने,‘हामी कहिल्यै कसैसँग हारेनौं तर खेलमा किन जितिरहेका छैनौं ?’ अब खेलमा पनि जित्नुपर्ने बताए ।

खेलकुदका प्रशिक्षकहरुलाई तालिमको शुरुमा क्षमता हेरेर मात्र छनोट गर्न आग्रह गरे । उनले भने,‘मलाई पोल जम्पमा छानेर पठाउनुभयो भने तपाईंको गल्ती । मेरो छनोट हुनुहुँदैन । मलाई माया त गर्नुहुन्छ नि । माया गर्नु आफ्नो ठाउँमा छ तर छनोटमा सही मान्छे पर्नुपर्छ । क्षमतावान छनोट गर्नुपर्छ ।’-तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्