Logo

माघ २८ को शक्ति प्रदर्शनका लागि नेकपाको ‘चन्दा अभियान’



काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टीको दुई समूह नै शक्ति प्रदर्शनमा केन्द्रित भएका छन् । दैनिकजसो दुवै समूहले कुनै न कुनै कार्यक्रम राखेर शक्ति प्रदर्शन गर्दै आएका छन् ।

२३ माघमा केपी शर्मा ओली नेतृत्वको नेकपाले शक्ति प्रदर्शन गर्दैछ । त्यस अगावै भोलि ओली समूह निकट अनेरास्ववियूले १० हजार मोटरसाइकल काठमाडौं उपत्यकामा शक्ति प्रदर्शनका लागि उतार्दैछ । हजारौं मानिस उतार्न ठुलो खर्च हुँदैछ ।

यसैगरी, २८ माघमा नेकपाको दाहाल-नेपाल समूहले शक्ति प्रदर्शन गर्दैछ । ठुलो संख्यामा काठमाडौं बाहिरबाट मान्छे ल्याउन अभियान चलाइएको छ । विभिन्न जिल्लाहरुमा खर्चको समेत जोहो गरिदैछ । नेकपाको दाहाल-नेपाल समूहले प्रदेश २ मा चन्दा अभियान नै चलाएको छ । पार्टीको नाममा चन्दा रसिद बनाएर कुपन नै बनाइएको छ । जसमा नेताहरुको हस्ताक्षर नै छ ।

नेकपा विभाजित भई निर्वाचन आयोगमा विषय विचाराधीन हुँदा बैंक खातालगायत आर्थिक गतिविधिहरु रोकिएको छ । तर, प्रदेश २ लगायत विभिन्न क्षेत्रमा चन्दा नै उठाउने क्रम चलेको छ ।



प्रतिक्रिया दिनुहोस्