Logo

कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई पत्नी शोक



काठमाडौं, २३ माघ । किर्तिमानी म्यारथन धावक वैकुण्ठ मानन्धरको पत्नी शुभद्रा मानन्धरको बुधबार निधन भएको छ । निमोनियाको बिरामी शुभद्राको ६८ वर्षको उमेरमा स्टार अस्पतालमा राती ९ बजे निधन भएको हो ।

उनलाई २ हप्तादेखि अस्पतालमा भर्ना गरेको परिवार स्रोतले जनाएको छ । मानन्धर दम्पत्तिका २ छोरा र २ छोरी छन् । तीनपटक स्वर्णपदक विजेता मानन्धरले म्याराथनमा राखेको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन् । वैकुण्ठले भारतमा १९८७ मा सागमा उक्त किर्तिमान राखेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot