काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको बैठकले बुधबारबाट सुरू हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने निर्णय गरेको छ ।
उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको र भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालिन गर्ने विषयमा केन्द्रित गर्ने निर्णय भएको हो ।
भेलामा अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामहरूको विषयमा कार्यपत्र प्रस्तुत गर्ने र वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने उनको भनाइ छ ।
बैठकले मंसिर ५ गतेलाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर ४ गतेलाई सार्ने निर्णय गरेको छ ।




प्रतिक्रिया