Logo

विप्लवलाई वार्तामा ल्याउने प्रयास गरेपछि विरोधी छटपटाए : प्रधानमन्त्री ओली



फागुन ९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धीत नेकपासंग हुने भनिएको वार्ताको कुराले छटपटी भइरहेको बताएका छन् । पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहो¥याउन आफूले पहल गरिरहेको जानकारी दिए ।

उनले बैशासकमा कुनै पनि हालतमा निर्वाचन भएरै छड्ने बताउदै दुबै चरणको निर्वान गर्न सरकार तयार रहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले बैशाख १७ गते ४० जिल्लामा र २७ गते अन्य जिल्लामा निर्वाचन हुने बताए । प्रधानमन्त्री ओलीले आफ्नो बारेमा कसैले राम्रो भनोस भनेर आफुले कार्य सम्पादन नगरेको बताउदै जनताको भलो गर्न कार्य सम्पदान गरिरहेको बताए । उनले दाहाल नेपाल पक्षलाई संकेत गर्दै सरकारलाई अवरोध गर्नेहरू पार्टीबाट बाहिरिएपछि मात्रै देश र जनताको पक्षमा उल्लेखनीय काम भइरहेको तर्क गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्