Logo

संसद पुनःस्थापना हुने भएपछि ओलीले अदालतलाई धम्क्याउन थालेको पौडेलको आरोप



फागुन ९, काठमाण्डौ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्काएको आरोप लगाएका छन् । आइतबार सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले गरेको साक्षात्कार कार्यक्रममा बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओली विराटनगर अदालतलाई धम्काएको बताएका हुन् ।

उनले संसद पुनरस्थापना अदालतले गरे सेटिङ्गं र आन्दोलन गर्ने भनेर अदालतलाई धम्काउने काम गरेको पौडेलले बताए ।

पौडेलले संसद विघटनसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाउने दिन नजिकिँदा प्रधानमन्त्री केपी शर्मा ओली अत्तालिन थालेको बताए । नेता पौडेलले अदालतले संविधान अनुसार फैसला गर्न लागेको आभास ओलीलाई भइसकेको बताए ।

पौडेलले जस्तोसुकै सेटिङ गरेपनि सर्वाेच्चले संविधानको धारा नटेकीकन फैसला नगर्ने दावी गरे । संसद विघटनसम्बन्धी मुद्धा अहिले पनि अदालतमा विचाराधीन रहेकाले कांग्रेसले ठूलो आन्दोलन नगरेको पौडेलले बताए ।

बरिष्ट नेता पौडेलले प्रधानमन्त्री ओलीले संविधान भत्काएर राष्ट्लाई संकटमा पार्ने काम गरेको भन्दै राष्ट् र संविधान बचाउन काँग्रेस लाग्नु पर्ने जिकिर गरे ।

काँग्रेस अहिलेको अवस्थामा चुनावको पछाडी लाग्न नहुने तर्क गर्दै पौडेलले जनताको हित हुने कार्यमा लाग्नु पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्