Logo

सर्वोच्चको फैसला कसैको हारजित होइन, प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन : सुवास नेम्वाङ



फागुन १५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद पुनसर््थाापना गर्ने सर्वोच्च अदालतको निर्णय कसैको हार वा जितको बिषय नभएको बताएका छन् ।

शनिबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सर्वोच्चको आदेशलाई स्वीकार गर्दे संसदको अधिवेशनको मिति समेत तय भइसकेको अवस्थामा यसलाई हार वा जितको बिषय बनाउन नहुने बताएका हुन् । प्रधानमन्त्रीको राजीनामाको कुरा उठाइरहेको भन्दै अहिले नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै बाध्यात्मक अवस्था नरहेको नेम्वाङले स्पष्ट पारेका छन् ।

नेम्वाङले संसद पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै ओलीले सवै प्रकारको प्रस्तावको सामना गर्ने जिकिर गरे । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्था रहेको भन्दै उनले यसैका कारण प्रस्ताव नै ल्याउन डराएको होकी भन्ने अनुभूति भएको बताए । उनले भने, ‘मरेको प्रतिनिधिसभा व्यूँतिएपछि त्यो अविश्वासको प्रस्ताव पनि बाँच्यो होला नि भन्दा साथीहरु चुइँ बोल्नुहुन्न ।’

त्यस्तै नेकपा ओली पक्षका नेता गोकुल बास्कोटाले सर्वोच्च अदालतले राजनीतिक दललाई निर्देशन जारी गरेको नभइ फैसला मात्र गरेको भन्दै यसले पार्टीभित्र कुनै असर नपर्ने बताएका छन् । कार्यक्रममा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका कार्र्यसमिति सदस्यहरुलाई सथप ग्रहण गराइएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्