Logo

आशंका मेट्ने प्रयासमा अख्तियार प्रमुख आयुक्त राई, पूर्वाग्रह नराख्ने आश्वासन



फागुन १५, काठमाण्डौ । प्रतिनिधिसभा बिघटनपछी सुनुवाईबिना भएको सिफारिस र नियुक्ती भन्दै अहिले सर्वोच्च अदालतमा उक्त मुद्दा विचाराधिन् अवस्थामा छ । नियुक्ती पाउने मध्येका एक हुन, अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राइ । विवादका बिच नियुक्ती पाएका राइले भने आफुले रफ्तारमा काम गर्ने भन्दै आश्वासन् दिएर विवादलाई ओझेलमा पार्ने प्रयास गरेका छन् ।

राजनीतिक अवस्था जटिल भएका बेला र नेकपा विभाजित भएर दुई समुहमा बाडिएका बेला ओलीले आफ्नो विश्वास पात्र राइलाई अख्तियारको प्रमुख बनाएसङै विभिन्न टिकाटिप्पणी भाईरहेका छन । उनले आफ्नो विपक्षीको मात्र मुद्दालाई प्राथमिकता दिन सक्ने आकलन पनि कतिपय राजनीतिज्ञले गरे । तर उनले यि सबै कुरा गौण राख्नको लागि सक्दो प्रयास गरिरहेका छन ।

उनले बारम्बार भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउदै आएका छन । शनिबार पनि प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् । घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् ।

उनले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने बताए । आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने उनको दाबी छ । तर नियुक्ती पछी आएका टिकाटिप्पणीलाई भने उनले कुनै प्रतिकृया दिएका छैनन ।

यध्यपी उनलाई नियुक्ती दिएपछी सरकारका जिम्मेवार मन्त्रीले समेत आफ्नो पुर्वसहकर्मीलाई लक्षित गर्दै अख्तियारले यो गर्ने उ गर्ने भन्दै चेतावनी दिनसम्म पछी परेनन । त्यतिबेला कतै पुराना बिषय र कमजोरी माथि प्रहार हुने आकलन गरिएको थियो । तर राइले यतिबेलासम्मा त्यस्तो कुनै कदम भने देखाएका छैनन ।



प्रतिक्रिया दिनुहोस्