Logo

बृहत् सडक सञ्जाल



काठमाडौं, फागुन १६ । प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेश सरकारले सडक निर्माणलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गरिरहेका छन् ।

वार्षिक बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधार निर्माणमा खर्च भइरहेको अवस्थामा सडक निर्माणले गति लिएको छ । प्रदेश सरकारले नागरिकको जीवनलाई सहज बनाउन र सेवा सुविधामा पहुँच वृद्धि गर्न सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको हो ।

प्रदेश सरकारले खासगरी आर्थिक सामाजिक विकासका लागि प्रादेशिक महìवका सडक तथा प्रदेश राजधानी, जिल्ला सदरमुकाम, स्थानीय तह र वडाका केन्द्र जोड्ने सडकलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको छ । वर्तमान सरकारले तीन वर्ष पूरा गरेको अवसरमा फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशबाट एक हजार १४३ किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिए ।

हजार किमिभन्दा बढी निर्माणाधीन
प्रदेश १ सरकारले निर्वाचन क्षेत्रलाई सडकले जोड्ने उद्देश्यले प्रादेशिक निर्वाचन क्षेत्र लक्षित बहुवर्षीय सडक आयोजना कार्यक्रम अगाडि बढाएको छ । यसअन्तर्गत प्रदेश १ भित्र ६२ वटा सडक आयोजना ९८८४।२५ किमि० छनोट गरिएको छ ।

यसमध्ये ५१ वटामा सम्झौता भई निर्माण कार्य भइरहेको प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । यस योजनाअन्तर्गत प्रदेश सरकारले प्रदेशभित्र ७१८ किलोमिटर कालोपत्रे र १६७ किलोमिटर ग्राभेल सडक निर्माण गर्ने योजना बनाएको उक्त मन्त्रालयका सडक महाशाखा प्रमुख रमेश पौडेलले जानकारी दिए । यस आयोजनाअन्तर्गत अहिलेसम्म भोजपुर–टक्सारमा पाँच किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ भने विभिन्न सडक आयोजनामा २२० किलोमिटर ट्र्याक कटिङ र स्तरोन्नतिको काम भइरहेको छ ।

प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको २२।५ किलोमिटर लामो घिनाघाट–विराटचोक सडक निर्माण अन्तिम चरणमा पुगेको छ । स्थानीय तहका केन्द्र जोड्ने गरी तर्जुमा गरिएको मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रमअन्तर्गत ८७ वटा ग्रामीण सडकमध्ये ८६ वटामा १६५ किलोमिटर ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ ।

प्रादेशिक विशेष सडक आयोजना (एक सय किमि कालोपत्रे र स्तरोन्नति) अन्तर्गत सातवटा आयोजनामध्ये उदयपुरको मैनामैनीदेखि भोजपुरको हसनपुर चुवारसम्म र पाँचथरको शिवालयदेखि गोरुवाले लुुङ्गु्रप्पासम्म गरी दुईवटा आयोजनाको २०।१२ किलोमिटरमा कालोपत्रे गर्ने कार्यको सम्झौता भई हालसम्म १६ किलोमिटरमा ट्र्याक कटिङ सम्पन्न भइसकेको छ ।

३६५ किमि निर्माण सम्पन्न
प्रदेश २ सरकारले तीन वर्षको अवधिमा विभिन्न स्थानीय तह जोड्ने ३५६ किलोमिटर सडक निर्माण गरेको छ । यसमध्ये ५०.९५ किलोमिटर कालोपत्रे, ७४.९० किलोमिटर पक्की ढलान, १७०.१७ किलोमिटर ग्राभेल र ६० किलोमिटर नयाँ कच्ची सडक निर्माण गरिएको प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्