Logo

मोदीले भ्याक्सिन लगाइदिने नर्सलाई के भने



एजेन्सी, १७ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन् । उनले सोमबार उनलाई पी नेभेडा नामकी नर्सले भ्याक्सिन लगाइदिएकी हुन् ।

मोदीले भ्याक्सिन लगाइरहँदा नर्ससँग कुराकानी पनि गरेका थिए । मोदीले नर्सहरुलाई कुन ठाउँको बासिन्दा भनी सोधेका थिए ।
मोदीले भ्याक्सिन लगाएपछि पत्तो समेत नपाइएको बताएको नर्स नेभेडाले बताइन् ।

मोदीले आसाममा लगाइने गम्चा लगाएका थिए । गम्चा आसाममा महिलाको आशिर्वादको प्रतिक मानिन्छ ।-तस्बिर स्रोतः ट्वीटर



प्रतिक्रिया दिनुहोस्

Screenshot