Logo

पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले दिए निर्वाचन आयोगलाई दबाब



फागुन १९, काठमाण्डौ । पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले संयुक्त वक्तव्य जारी गर्दै आयोगको निर्णय क्षमता र स्वायत्ततामा उठेको प्रश्नले आफूहरुलाई गम्भीर बनाएको बताएका हुन् ।

उनीहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद टुङ्ग्याउन ढिला गरेकोप्रति लक्षित गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन उनहरुले अनुरोध गरेका हुन् ।

‘आयोग अनिर्णयको बन्दी बन्दा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गम्भीर्यता तथा आयोगको आफ्नो शाखमा पर्न सक्ने असरलाई विचार गरी प्रचलित कानून र स्थापित नजीरका आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौं’ वक्तव्यमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्