Logo

प्रधानमन्त्री ओली चिडियाखानामा (तस्विर)



फागुन १९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज जाउलाखेलस्थित चिडियाखानाको अवलोकन गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओली चिडियाखाना पुगी सबै जिवजन्तुको अवलोकन गरेका थिए ।

बुधबार चिडियाखानाको रजत जयन्ती तथा विश्ववन्यजन्तु दिवसको अवसर पारेर आयोजित कार्यक्रममा सहभागी हुन उनी चिडियाखाना गएका थिए । बुधबार विश्व वन्यजन्तु दिवस पनि हो । पत्नी राधिका शाक्यसहित चिडियाखाना पुगेका प्रधानमन्त्री ओली मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्