Logo

भारतले विकास गरेको कोरोनाविरुद्धको कोभ्याक्सिन ८१ प्रतिशत प्रभावकारी



एजेन्सी, २० फागुन । कोरोना भाइरसविरुद्ध भारतभित्रै विकास गरिएको कोभ्याक्सिन ८१ प्रतिशत प्रभावकारी देखिएको छ । तेस्रो चरणको परीक्षणमा यस्तो प्रभावकारिता देखिएको जनाइएको छ ।

परीक्षणबाट ८१ प्रतिशत प्रभावकारिताको मूल्यांकन स्वतन्त्र नियमन बोर्डले गरेको इन्डियन काउन्सिल फर मेडिकल रिसर्चले विज्ञप्तिमार्फत् जनाएको छ ।

३ जनवरीमा कोभ्याक्सिनलाई आकस्मिक प्रयोगको अनुमति भारतको ड्रग कन्ट्रोलर जनरलले जनाएको छ । हैदरावादमा केन्द्र रहेको भारत बायोटेकले विभिन्न चरणमा परीक्षण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्