Logo

छोरीलाई काटेर टाउकोसहित बाबु सडकमा चिच्याउन थालेपछि… (भिडियोसहित)



एजेन्सी, २० फागुन । अधवैंशे पुरुष टाउको बोकेर सडकमा हिंडिरहेका थिए । उनी प्रहरी थाना गइरहेका थिए । मान्छेको टाउको लिएर हिंडिरहेका पुरुष देखेर बाटोमा हिंड्नेहरु आत्तिए ।

यो घटना हालैमात्र भारतको उत्तर प्रदेशको हर्दोइमा घटेको हो । ४५ वर्षीय पुरुषले आफ्नी किशोरी छोरीलाई एउटा युवकसँग आपत्तीजनक अवस्थामा भेटे । उनले प्रहरीसँगको बयानमा आपत्तीजनक अवस्थामा भेटेपछि काटिदिएको बयान दिएका छन् ।

सर्वेश कुमार नामका ती युवकले धारिलो हतियारले छोरीको हत्या गरेको बयान दिएका छन् । आपत्तीजनक अवस्थामा भेटेपछि छोरीसँग रिस उठेर हत्या गरेको बयान दिएका हुन् ।

अहिले भिडियो भाइरल छ । भिडियोमा उनले भनेका छन्, यो मेरो छोरीको टाउको हो । मैंले यसलाई काटिदिए । मैंले दुवैलाई मानुपर्ने थियो । यसको शरीर कोठामा छ ।

सडकमा टाउको लिएर हिंडिरहेका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरीले टाउको राख्न र सडकमा बस्न निर्देशन दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्