Logo

बामदेव अब कता ?



काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतको आजको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नरहने फैसला सुनाएपछि अब को कता भन्ने चासो बढेको छ । फैसलाले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समूह पुनः एकीकरण गर्ने वा नगर्ने टुंगो लगाएर दल दर्ताका लागि पुग्नुपर्ने अवस्था बनेको छ ।

विभाजित भइसकेका ओली र प्रचण्ड फेरि मिल्ने सम्भावना न्यून रहेको छ । तर, उनीहरुसँग लागेकाहरु को कता भन्ने प्रश्न उठेको छ ।
तटस्थ भुमिकामा रहेका बामदेव गौतम अब कता ? चासो बढेको छ । गौतमले नेकपा एक हुनुपर्नेमा जोड दिदै आएका छन् । उनले एकता अभियान नै चलाएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब गौतम कुन समूहमा लाग्ने हुन् । उनी नेकपा एमालेका उपाध्यक्ष थिए । नेकपा बनेपछि पनि उनी उपाध्यक्ष नै रहे ।

गौतम अहिले राष्ट्रिय सभाको सांसद छन् । विश्वस्त स्रोतका अनुसार गौतमले सुर्य चिन्ह जता आफू त्यतै भनेका थिए । अब उनी नेकपा एमालेमै लाग्ने बुझिएको छ । तर, त्यसअघि उनले पार्टी एकताका लागि अभियान जारी राख्ने निकटस्थ स्रोतले बताएको छ ।

गौतमले ओली र प्रचण्डलाई मिलाएर लाने प्रयास गर्ने बुझिएको छ । त्यसका लागि उनले प्रयास थालिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्