Logo

नयाँ गठबन्धन कसरत



काठमाडौं, फागुन २६ ।४१ महिनाअघि चुनावी तालमेलसहित पार्टी एकीकरणमा पुगेका एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केसँगै मुलुकमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामसम्बन्धी विवाद निरूपण गरेसँगै फेरिएको परिस्थितिमा सरकार टिकाउने र गिराउने कसरत सुरु भएको छ।

यति बेला प्रधानमन्त्री केपी ओली आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय छन् तर उनलाई माओवादी केन्द्रले समर्थन गर्ने सम्भावना कमजोर बनेको छ। माओवादीले जुनसुकै बेला समर्थन फिर्ता लिने सम्भावना रहेपछि ओलीले वर्तमान सरकारलाई निरन्तरता दिन जनता समाजवादी पार्टीसँग छलफल अघि बढाएका छन्। प्रतिनिधिसभाको रिक्त उपसभामुखसहित जसपासँग सत्तासाझेदारी गर्नेगरी ओलीले आफू निकटका नेतालाई वार्तामा खटाएका छन्।

एमालेका विष्णु पौडेल, सुवास नेम्वाङ, राजन भट्टराईसहितले जसपाका लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग कुरा गरेका छन्। ओली सरकारको विपक्षमा रहेका बाबुराम भट्टराई, उपेन्द्र यादव पक्षसँगको सहमतिबिनै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले छलफल अघि बढाएको हो।

यसबाट जसपाभित्र पनि सत्तासाझेदारीका विषयमा विवाद बढ्ने देखिएको छ। यद्यपि सो पार्टीको साँझ बसेको संसदीय दलको बैठकले अन्य राजनीतिक दलसँग छलफल गर्न पाँच सदस्यीय वार्ताटोली गठन गरेको छ। राजनीतिक मुद्दाको आधारमा राजनीतिक दलसँग सहकार्य गर्ने जानकारी दिँदै जसपा नेता शरद्सिंह भण्डारीले भने, ‘हामीले सरकार बनाउने अवस्था छैन। अहिलेसम्म कुनै पार्टीले सत्ता साझेदारीका लागि प्रस्ताव गरेको पनि छैन।’ प्रतिनिधि सभामा १ सय २१ सिट रहेको एमालेलाई जसपाको समर्थन भए अहिलेको सरकारले निरन्तरता पाउनेछ। जसपासँग प्रतिनिधिसभामा ३४ सांसद् छन्।

उता माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपासँग सहकार्यको हात बढाएको छ। दुवै दलसँग छलफल अघि बढाउने निर्णय भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता बाबुराम भट्टराईसँग कुरा गरेका छन्। देउवालाई भेट्न दाहाल बुढानीलकण्ठ पुगेका थिए। सत्ता सहकार्यसहित मिलेर अघि बढ्न दाहालले देउवालाई प्रस्ताव गरेका छन्।

देउवाले पार्टीभित्र छलफल गरेर छिटै जानकारी गराउने आश्वासन दाहाललाई दिएका छन्। दाहालले मिलेर अघि बढ्न प्रस्ताव राखेको जानकारी दिँदै कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘विकसित राजनीतिक घटनाक्रमका विषयमा दुई नेताबीच कुरा भएको छ। माओवादी केन्द्रका अध्यक्षले मिलेर जाऊँ भन्ने प्रस्ताव गर्नुभएको छ। सभापतिले पार्टीमा छलफल गरेर छिटै खबर गर्ने बताउनुभएको छ।’ प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा २०७४ असो नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्