Logo

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, कम्युनिष्ट एकताको ढोका खुला : नारायणकाजी श्रेष्ठ



फागुन २६, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन् । कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै नेता श्रेष्ठले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका हुन् । अब प्रधानमन्त्री ओलीलाई दिएको समर्थन कायम राख्न नसकिने उनको भनाई छ ।

त्यस्तै श्रेष्ठले सर्वोच्च अदालतको फैसलाका कारण अहिले जुटिसकेको कम्युनिष्टहरु छुटिनुपरेको बताए । तर अझै पनि कम्युनिष्टहरु एक भएर जानुपर्ने र त्यसका लागि ढोका खुलै रहेको श्रेष्ठको भनाई छ ।।



प्रतिक्रिया दिनुहोस्