भ्रष्ट कम्युनिष्टसँग कांग्रेसले सत्ता सहकार्य गर्नु हुन्न : कमल थापा


काठमाडौं २९ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कम्युनिष्ट नेतृत्वको सरकारलाई ‘असफल र भ्रष्ट’ भएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो टितप्पणी गरेका हुन् ।

थापाले असफल र भ्रष्ट कम्युनिष्टसँग नेपाली कांग्रेसले मिलेर सरकार चलाउन नहुने समेत जनाएका छन् । उनले लेखेका छन्, ‘असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो छ ।’

अध्यक्ष थापाले आफ्नो ट्विटर एकाउन्टमा लेखेका छन्, ‘गत चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएका हुन् । नेकपा कुर्सी र पैसाको झगडाले फुट्यो, जनतालाई धोका दियो । त्यही कम्युनिष्टससँग मिलेर सरकार बनाउँन अस्वीकार गरी कांग्रेस नयाँ चुनावमा जानुपर्छ ।’

नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकले पार्टीहरूबीच सत्ता सहकार्यका लागि छलफल चलाउने निर्णय गरेपछि थापाको यस्तो टिप्पणी आएको हो ।-दृष्टिबाट/File photo